रणवीर कपूर पूर्व गर्लफ्रेन्डसँगको अन्तिम निसानी मेट्दै



केहि समयअघि रणवीरसँग क्याटरिना कैफको प्रेम बसेको थियो । उनीहरुको प्रेम रोमान्सले बलिउडमा हंगामा मच्याइरह्यो । एकपटक दुवैलाई समुन्द्री किनारमा विन्दास अवस्थामा भेटिएको खबरले पनि तरंग ल्यायो ।

पछि उनीहरु विवाह गर्ने मुडमा पुगे । रणवीर र क्याटरिनाको प्रेमकथा विवाहमा रुपान्तरण हुन्छ भन्ने धेरैले अनुमान पनि गरेकै थिए । नगरोस पनि किन, क्याटरिनाकै लागि रणवीरले आफ्नो घर छाडेका थिए । एउटा अपार्टमेन्ट किनेर दुबै त्यहाँ बस्न थालेका थिए ।

क्याटरिना र रणवीरले सोही अपार्टमेन्टमा घरजाम गर्नेछन् भन्ने चर्चा व्यापक हुँदाहुँदै उनीहरुको सम्बन्ध पनि दुई चिरा पर्‍यो । पछिल्लो खबर के छ भने रणवीरले उक्त अपार्टमेन्ट बिक्री गरेका छन् ।

अर्थात आफ्नो पूर्व प्रेमिकासँगको अन्तिम निसानी मेटिदिएका छन् । रणवीरले केही महिनाअघि सो अपार्टमेन्ट बेचेका हुन् । रणवीरकी आमा नीतू कपूरले अहिले रणवीरलाई अल्टीमेटम पनि दिएको छ कि यदि उनले नयाँ अपार्टमेन्ट लिनेछन् भने आमाको अनुमति लिनुपर्नेछ ।

भनिहालौ, यतिबेला रणवीर आयन मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’मा व्यस्त छन् । उक्त फिल्ममा रणवीरले आलियासँग स्क्रिन शेयर गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्