झालाई अपमानजनक शब्द प्रयोग गरि होच्याउनेलाई कारवाही हुन्छः अध्यक्ष दत्त



काठमाडौं– प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई ज्वाला संग्रौला लगायतका सामाजिक अभियन्ताले “मधेशी हो, मधेश तिर जा“ भन्ने भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बन्दै गइरहेको छ ।

करिब १ महिना अगाडिको सो घटना र भिडियोमा प्रयोग भएको शब्द आपत्तिजनक रहेको भन्दै मधेसी आयोगमा बुधवार उजूरी परेको छ । आयोगमा उजुरी आउन बित्तिकै आयोगका अध्यक्ष डा. विजय कुमार दत्तको निर्देशन अनुसार सम्बन्धित निकायमा आवश्यक कारवाहीको लागि आयोगले पत्र पठाइसकेको छ ।

आयोगका अध्यक्ष दत्त नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापालाई फोन सम्पर्क गरि घटनाको छानविन छिटो भन्दा छिटो गर्न आग्रह गरेका छन् । दत्तले दोषीलाई कानुनी दायरामा ल्याउनु बाहेकको विकल्प नरेको उललेख गरेका थिए ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट काज सरुवा गरिएका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झा पुनः पुरानै ठाउँमा फर्केका छन् ।

कुनै समुदायलाई अपमानजनक शब्द प्रयोग गरि होच्याउनु कानुनत ः अपराध भएको भन्दै अध्यक्ष दत्तले आफू र आयोग सचेत रहेको जानकारी गराएका छन् ।

यस्ता घटनाहरु घटेमा आयोगको हेल्पलाइन ११५२, टोल फ्री १६६००११६१८५, फोन ०१–५२६११८५ मा सम्पर्क गरि उजुरी टिपाउन पनि अध्यक्षले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्