मेलम्चीमा फेरि बाढीको त्रास



काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा पानीको बहाव उच्च तहमा पुगेपछि बाढीको त्रास फेरि बढेको छ ।
असार १ गतेजस्तै गरी मेलम्ची खोला उर्लिएको स्थानीय बताएका छन् । मेलम्ची खोलामा काठपातसहसहित लेदोका साथै पानी उच्च तहले बढेको हो ।
मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाराम राईकाअनुसार मेलम्ची खोलामा शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढ्दै गएको हो । प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए ।
बाढीले हेलम्बु गाउँपालिकाको ग्याल्थुम, चनौटेलगायत बजारमा खोला पसेको छ । हेलम्बुको तिम्बु र किउल जोड्ने रातो पुलसमेत बाढीको उच्च जोखिममा परेको छ । ‘मेलम्ची क्षेत्रमा पानी खासै ठूलो नपरेपनि बाढीको मात्रा बढेको छ । माइकिङ गरेर सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेका छौँ,’ निरीक्षक राइले भने ।
नदीको बहाव बढेसँगै तल्लो तटीय क्षेत्रमा रहेका स्थानीयलाई सचेत रहन प्रहरीले सतर्क गराएको छ । यसअघि असार १ गते आएको बाढीले २० जना बेपत्ता पारको छ । तीन जनाको जनाको मृत्यु भइसकेको सरकारले जनाएको छ । बाढीले करोडौंको हानि पु¥याएको छ ।
यसैबीच बाढी पूर्वानुमान शाखाले भोटेकोशीको बाढीले नदीसतह पार गरेको जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भोटेकोशी नदीको बाढीले खतराको तह पार गरेको संकेत गर्दै सर्तक रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्