खोप प्राप्ति प्राथमिकतामा राख्नु: परराष्ट्रमन्त्री महासेठ



काठमाडौं– उप-प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री रघुबीर महासेठले विभिन्न देशका राजदूत र नियोगका प्रमुखहरुसँग छलफल गरेका छन् ।

मन्त्री महासेठले युरोपेली देशकासाथै उतर अमेरिका तथा दक्षिण अमेरिका, अफ्रिका, इजरायल समेतका नेपाली दूतावासका राजदूत तथा नियोगका प्रमुखहरुलाई आज शुक्रबार भिडियो कन्फेरेन्सबाट नेपालको परराष्ट्र नीतिका बारेमा छलफल गरेका हुन् ।

उनले कोभिड– १९ को महामारीमा नेपाली जनतालाई खोप प्राप्तिको लागि आफूले प्रतिनिधित्व गर्ने मुलुकहरुसँग आवश्यक समन्वय गरी प्राथमिकताका साथ अगाडी बढाउन मन्त्रालयको तर्फबाट आवश्यक निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्