युरोकपमा आज चार खेल हुँदै



काठमाडौं । युरोकप फुटबलअन्तर्गत आज समूह ई र समूह एफका अन्तिम चरणका खेल हुँदैछन् । नेपाली समयअनुसार ९ः४५ मा समूह ईको खेलमा स्पेनले सेभियामा स्लोभाकियाको सामना गर्दैछ । यही समय अर्को खेलमा सेन्ट पिटर्सवर्गमा स्विडेन र पोल्यान्ड भिड्दैछन् ।
यस समूहबाट चार अंक बटुलेको स्विडेन दोस्रो चरणमा छनोट भइसकेको छ । त्यसबाहेक छनोट हुने अन्य टोलीको टुंगो लागेको छैन । दोस्रो स्थानमा रहेको स्लोभाकियाले ३ अंक बटुलेको छ र आज स्विडेनलाई बराबरीमा रोक्न सके दोस्रो चरणमा पुग्नेछ । यता, सुरुवाती दुई खेल बराबरी खेलेको स्पेनले तेस्रो बराबरी खेल्दा दोस्रो चरणको यात्रा गर्नेछ । पोल्यान्ड पनि दोस्रो चरणमा पुग्ने संभावना कायमै छ, तर यसका लागि उसले बलियो मानिएको स्पेनलाई हराउनुपर्नेछ ।
मध्यराती १२ः ४५ मा पोर्चुगल र फ्रान्सबीच बुडापेस्ट तथा हंगेरी र जर्मनीबीच म्युनिखमा प्रतिस्पर्धा हुनेछ । यस समुहबाट फ्रान्स दोस्रो चरणमा छनोट भइसकेको छ । तर, बाँकी टोलीहरुको छनोटको टुंगो लागेको छैन । आजको खेलमा बराबरी खेल्नसके पोर्चुगल सोझै अर्को चरणमा छनोट हुनेछ । आजको खेल कम गोलअन्तरले हार्दा पनि पोर्चुगल दोस्रो चरण पुग्नसक्ने संभावना कायमै छ । त्यसका लागि अर्को खेलमा जर्मनीले हंगेरीलाई हराएको हुनुपर्छ ।
यता, जर्मनीले पनि खेल बराबरी गर्दा सोझै दोस्रो चरणमा पुग्नेछ । यस खेलमा पराजित भइहाले पनि दोस्रो चरण पुग्ने संभावना कायम रहनेछ, तर त्यसका लागि अर्को खेलमा पोर्चुगल फ्रान्ससँग पराजित भएको हुनुपर्छ । हंगेरीका लागि भने जितबाहेक अर्को विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्