अस्पताललाई बजेट विनियोजनमा पहल गर्ने सांसदद्वयलाई अध्यक्ष राईद्वारा आभार प्रकट



सोलुखुम्बु : सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा अब अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । त्यसका लागि प्रदेश एक सरकारले डेढ करोड बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत अस्पतालमा अक्सिजन प्लान्ट निर्माण, आईसीयू सञ्चालन, सव गृहका लागि फ्रिज तथा निःशुल्क खरिद लगायत प्रयोजनका लागि रकम बिनियोजन गरिएको हो ।

अक्सिजन प्लान्ट निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ, आईसीयू सञ्चालनका लागि उपकरण खरिदका लागि ८५ लाख रुपैयाँ, सवगृहका लागि फ्रिज खरिद गर्न ८ लाख रुपैयाँ, निशुल्क औषधि तथा अन्य औषधि खरिद र अस्पतालमा सेवा निरन्तरताका लागि आवश्यक औजार खरिदका लागि १०/१० लाख रुपैयाँ र केमिकल्स खरिदका लागि प्रदेश सरकारले एक लाख रुपैयाँ बिनियोजन गरेको हो ।

अस्पतालका लागि बजेट बिनियोजनमा पलह गरेको भन्दै अस्पताल विकास समितिका अध्यक्ष वीरकुमार राईले प्रदेश एकबाट प्रतिनिधित्व गर्ने सांसदद्वय बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेतप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्