खोप व्यवस्था गर्न दाङका कानुन व्यवसायीको माग



दाङ : यहाँका कानुन व्यवसायीले कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न माग गरेका छन् । न्याय सम्पादनमा खटिने कानुन व्यवसायीप्रति राज्य उदासिन बनेको भन्दै उनीहरुले खोपको अनिवार्य व्यवस्था गर्न माग गरेका हुन् ।

उच्च अदालत तुलसीपुरले गत जेठ १० मा जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)दाङ लाई खोपको व्यवस्था गर्न परामादेश भए पनि अहिलेसम्म त्यसप्रति कुनै सुनुवाई नभएको उनीहरुको गुनासो रहेको छ ।

उच्च अदालत बार एकाइ तुलसीपुरका अध्यक्ष रविन्द्रकुमार धिताल र जिल्ला बार एकाइ दाङका अध्यक्ष शिवप्रसाद घिमिरेले आज संयुक्तरुपमा विज्ञप्ति जारी गरी कोरोनाको जोखिम कायमै रहेको अवस्थामा निषेधाज्ञाको बीचमा उच्च अदालत तुलसीपुर र जिल्ला अदालत घोराहीमा बन्दीप्रत्यक्षीकरण, थुनछेक र कोराना सम्बन्धी मुद्धाबाहेक अन्यमा न्याय सम्पादन गर्न नसकिने स्पष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्