खाम्चावासी भन्छन् – हामी मात्र बदलिएनौं, गाउँ नै फेरियो



नवलपुर : नवलपुरको हुप्सेकोटस्थित खाम्चा टोलका महिलाको दैनिकी ५ वर्षअघिको जस्तो छैन। सबैका घरआँगन सफा छन्। गाउँको कुनै कुनामा, बाटोछेउ मलमुत्रको रास वा गन्ध छैन, फोहोरको थुप्रो छैन। सुँगुरका खोर व्यवस्थित छन्, गाईबाख्राका गोठ, खोर पनि सफा छन्।

गाउँले अहिले घरआँगन बढारेर फोहोर बाटोमा फाल्दैनन्। प्लास्टिक जथाभावी फाल्दैनन् मात्र होइन, बाल्दैनन् पनि। महिला र पुरुष जनचेतना जगाउने, आयआर्जन बढाउने तालिम लिन्छन् र पहिले बाँझै रहने करेसाबारीमा सागसब्जी, तरकारी फलाउँछन्। आफू खान्छन् र बेचेर आम्दानी पनि गर्छन्।

पुनिसराले परियोजना सुरु हुनुअघिका दिन सम्झिन्। ‘संस्था नआउन्जेल हामी गुफामा बसेका जस्ता थियौं। पढ्नलेख्न आउँदैनथ्यो’, उनले भनिन्, ‘सधैं घाँसदाउरा ग-यो, वनपाखा घुम्यो, बुहारीले सासूका, सासूले बुहारीका कुरा काट्यो, झगडा ग-यो। दिन यसरी नै बित्थे।’

बर्दघाट सुस्तापूर्व नवलपरासी चोरमारा बजारबाट करिब ५ किलोमिटर उत्तरको साबिकको मैनाघाट गाविस–९ स्थित जंगलको घाँचमा छ– खाम्चा। खाम्चा मगर जातिबहुल बसोबास भएकाले टोलको नाम नै ‘खाम्चा’ भएको रहेछ। करिब ५ वर्षअघि घाँसदाउरामै बितिरहेको खाम्चावासीको जीवन कसरी कायापलट भयो त ? 

करिब २० घर रहेको खाम्चाका पुनिसरा खाम्चा र सावित्री खड्काका अनुसार उनीहरूमा अझ भनौं गाउँलेमा परिवर्तनको कथा सामाजिक संस्था परिवर्तन नेपालबाट सुरु हुन्छ। अन्तर्राष्ट्रिय संस्था हेफर इन्टरनेसनल नेपालको साझेदारीमा परिवर्तन नेपालले खाम्चावासीलाई आधारशीला तालिम दियो। तर उनीहरूलाई तालिममा दिन, व्यक्तिगत र घरटोलको सरसफाइ, आयआर्जनका उपाय सिकाउन त्यस्तो सहज थिएन। 

परिवर्तन नेपालले छिमेकमा चलाएको मैनाघाट सामुदायिक विकास परियोजनाले महिला समूह गठन गरी पशु उपहार र घाँस विकास कार्यक्रम सञ्चालन गरेको थियो। तर यस्ता कार्यक्रम सञ्चालन गर्नुअघि खाम्चालीले सरसफाइ, सीप विकासलगायत विभिन्न तालिम लिनु पथ्र्यो।

पुनिसराले परियोजना सुरु हुनुअघिका दिन सम्झिन्। ‘संस्था नआउन्जेल हामी गुफामा बसेका जस्ता थियौं। पढ्नलेख्न आउँदैनथ्यो’, उनले भनिन्, ‘सधैं घाँसदाउरा ग-यो, वनपाखा घुम्यो, बुहारीले सासूका, सासूले बुहारीका कुरा काट्यो, झगडा ग-यो। दिन यसरी नै बित्थे।’

समूह गठनताकाको समयमा संस्थाका मिस र सर (कर्मचारी)हरू समूह गठन गर भनेर गाउँमा आउँदा सबै महिला भागेको पुनिसरा स्मरण गर्छिन्। भनिन्, ‘हामी भाग्यौँ, उहाँहरूलाई देख्यो भने कान्लाकान्ला दौडेर लुक्थ्यौं। पढ्नलेख्न जानेका थिएनौं, त्यसैले बोल्न जानिँदैन कि भनेर डराउँथ्यौ। अनि सोधेका कुरा भन्न नजाने इज्जत जान्छ कि भन्ने डर पनि थियो। किनभने उहाँहरूभन्दा पहिले कोही पनि गाउँमा आएर त्यस्ता कुरा सिकाएका थिएनन्।’ 

गाउँका के महिला के पुरुष सबै परिवर्तन नेपालका कर्मचारीसँग तर्किन्थे, नजिक जान डराउँथे। ‘हामी भागे पनि सरमिसहरूले हामीलाई छाड्नुभएन, झन् दिनैपिच्छे भेट्न आउनुहुन्थ्यो’, पुनिसराले बेलिविस्तार लगाउँदै भनिन्, ‘एकदिन उहाँहरूले भन्नुभयो– घुम्न जान पाइन्छ, फ्रिमा बाख्रा दिन्छौंं। यति भनेपछि बल्ल उहाँहरूसँग अलिअलि खुल्न थाल्यौंं र समूह गठन गर्न तयार भयौंं।’

आधारशीला तालिम लिनुभन्दा पहिले संस्थाले उनीहरूलाई जनचेतना अभिवृद्धि तालिम दियो। त्ससपछि सबै महिलामा सरसफाइको चेतना आयो र आफ्नो घर वरपर सफा गर्न थाले, बाटो सफा गर्न थाले, धारा सफा गरी फोहोर राख्न बोरा राख्न थाले। साताको एकपल्ट बाटो सरसफाइ गर्न थाले, व्यक्तिगत सरसफाइमा ध्यान दिन थाले। धुवाँले हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्दो रहेछ भनेर बुझे अनि सबैका घरमा सुधारिएको चुलो बनाइयो। 

दुई÷चार जनाको अगाडि बोल्नुपर्छ भनेर समूहमा बस्न नमान्ने महिलाहरू आज निर्धक्क आफ्ना कुरा राख्न सक्ने भएको पुनिसराले गर्वपूर्वक बताइन्। ‘गाउँमा बारी बाँझो राखेर बजारबाट तरकारी ल्याउने गरेका हामी अहिले करेसाबारीमा ताजा तरकारी फलाउँछौं’, उनले भनिन्। 

त्यसपछि भने उनीहरूको समूहले आयआर्जनको तालिम लियो। मैनाघाटकै ज्ञानज्योति महिला समूहले आफ्नो उपहार समूहको रूपमा खाम्चा टोल छनोट गरेको पुनिसराले बताइन्। परियोजनाअन्तर्गत गठन भएको समूहले अर्को समूहलाई पशु (जस्तै बाख्रा, भैंसी, कुखुरालगायत) उपहार दिने र निश्चित समयपछि त्यो समूहले आफूले पाएजस्तै उपहार फेरि अर्को समूहलाई हस्तान्तरण गर्नुपर्दो रहेछ। 

समूह गठन त भयो तर त्यसपछि अर्को समस्या आइलाग्यो पुनिसरा र सावित्रीहरूलाई। ‘कहिल्यै घरबाट बाहिर ननिस्केका हामीलाई बूढा (पति)को पनि डर थियो’, पुनिसराले थपिन्, ‘कतिपयका बूढाहरूले त नेता हुनु पर्दैन, गुन्यूँ उचाल्दै हिँडेर के पाइन्छ भनेर कुट्नु पनि भयो। समूहको बैठकमा जाँदा पनि गाली गर्ने। तिनै सरसँग जा भन्ने जस्ता गाली पनि गर्नुभयो।’

तर जब गाउँमा समूह बनाएर पुरुषलाई पनि आधारशीला तालिम दिइयो त्यसपछि मात्र खाम्चाका महिला तालिममा, बैठकमा खुलेर जान थाले। ‘नत्र त ढाकर बोकेर लुकेर मिटिङमा गइयो’, सावित्रीले आफ्नो अनुभव सुनाइन्, ‘गाउँमा हामी सुँगुर पाल्थ्यौं, जाँड पाथ्र्यौं। गाउँ नै सुँगुर र जाँड गनाउँथ्यो, केटाकेटी पनि फोहोरी, कोही मान्छे आए नाक थुनेर हिँड्थे तर हामीलाई त्यसको केही मतलब थिएन।’ तर तालिमले उनीहरूको आँखा खोलिदियो। ‘सर म्याडमको कुरा सुनेपछि त हामीलाई आफैंसँग लाज लाग्न थाल्यो र घरगाउँ सफा गर्न थाल्यौं। केटाकेटीलाई नुहाइधुवाइ गर्न र आफू पनि सफा हुन थाल्यौं’, उनले भनिन्। 

त्यसपछि भने उनीहरूको समूहले आयआर्जनको तालिम लियो। मैनाघाटकै ज्ञानज्योति महिला समूहले आफ्नो उपहार समूहको रूपमा खाम्चा टोल छनोट गरेको पुनिसराले बताइन्। परियोजनाअन्तर्गत गठन भएको समूहले अर्को समूहलाई पशु (जस्तै बाख्रा, भैंसी, कुखुरालगायत) उपहार दिने र निश्चित समयपछि त्यो समूहले आफूले पाएजस्तै उपहार फेरि अर्को समूहलाई हस्तान्तरण गर्नुपर्दो रहेछ। 

‘मैले दुइटा बाख्रा पाएकी थिएँ, ती बाख्राले  पाएको पहिलो पाठी मैले पनि अरूलाई उपहार दिनु प¥यो’, उनले भनिन्, ‘त्यसपछि भने सबै आफ्नो भयो।’ यसले महिलालाई आयआर्जनमा सहयोग पुगेको उनको भनाइ छ। यसरी आयआर्जन हुन थालेपछि मासिक १० रुपैयाँबाट सुरु गरेको बचत अहिले आय बढेसँगैं मासिक ५० रुपैयाँ बचत गर्न थालेको पनि सावित्रीले सुनाइन्।  

अहिले भने उनीहरू समूहको बचत रकम बढाउन लाहुरे (वैदेशिक रोजगारीबाट फर्कने) को स्वागत, जन्मदिनको उपलक्ष्यमा रकम संकलन गर्छन्। वैदेसीक रोजगारीबाट फर्केकाको घरमा गएर नाचगानसहित स्वागत गर्ने र उनीहरूले दिएको दक्षिणा समूहको कोषमा जम्मा गर्न थालेका छन्। उनीहरू आफूलगायत सबै खाम्चालीमा आएको परिवर्तनको श्रेय हेफर इन्टरनेसनल र परिवर्तन नेपाललाई दिन हिच्किचाउँदैनन्।

प्रतिक्रिया दिनुहोस्