चुनाव अघि सबैलाई खोप : शिक्षामन्त्री श्रेष्ठ



काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मध्यावधि चुनाव अघि नै जनताले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने बताएका छन् ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेषठले भने, ‘जनताले नो भोट, नो खोप भनेका छन्, हामी एस खोप, एस भोट गराउँछौं ।’
उनले भने, ‘आगामी वर्षभित्र सबै नागरिकले खोप पाउनेछन् । प्रधानमन्त्रीको पनि यही चाहना छ ।’
मन्त्री श्रेष्ठले संकटमा लड्नका लागि कर्मचारीको मुख्य भूमिका रहने भन्दै सहयोगका लागि आग्रह समेत गरे । उनले भने, ‘विगतमा जे भयो–भयो, वर्तमानमा राम्रो साथ र सहयोग चाहन्छु । अन्तरआत्मादेखि यहाँहरूको सहयोगको अपेक्षा राख्छु । सबलै विश्वासका साथ काम ग¥यो भने मात्रै चुनौतीको सामना गर्न सकिन्छ । तपाईंहरू स्थायी सरकार हो, हामी मन्त्री यहाँ बोल्दा–बोल्दै पद जान सक्छ । त्यसैले संकटमा लड्न तपाईंहरूको भूमिका मुख्य हुन्छ ।’

मन्त्री श्रेष्ठले शुक्रबार श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्