यूएईको गोल्डेन भिसा पाउने डा. रविन्द्र यादव बने पहिलो नेपाली



संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले नेपाली डाक्टरलाई गोल्डेन भिसा’ प्रदान गरिएको छ। विगत आठ वर्ष देखि यूएईमा कार्यरत डा. रविन्द्र यादव गोल्डेन भिसा पाउने नेपाली नागरिक बन्न पुगेको छ।

गोल्डेन भिसा पाएसँगै डा यादव अब यूएईमा १० वर्षसम्म बस्न पाउनेछन् । केहि समयदेखि विशेष व्यक्ति र पेसामा आबद्ध गैर नागरिकहरुलाई यूएईमै राख्ने उद्देश्यले यूएई गोल्डेन भिसा दिदैं आएको छ।

सन् २०१३ मा यूएई आएका विराटनगरका डा. यादव अल नुर अस्पताल हुँदै हाल अल नुर अस्पतालबाट चर्म रोग विशेषज्ञको रुपमा कार्यरत छन्।डा. यादवले त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जबाट एमवीबीएस उत्तिर्ण गरेका थिए भने बनारस हिन्दु युनिभर्सिटी बारानासी भारतबाट एमडी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्