एक्स्पर्ट धनगढी ब्लुज र पोखरा पल्टन भिड्दै



पोखरा : पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आठौं दिनको पहिलो खेलमा अहिले एक्स्पर्ट धनगढी ब्लुज र पोखरा पल्टनबीच प्रतिष्पर्धा भइरहेको छ ।

९ बजेदेखि पोखरा रंगशालामा शुरु खेलमा विराटनगरले टस जितेर अहिले व्याटिङ गरिरहेको छ । शरद भेषवाकरको पोखरा र दिपेन्द्र सिंह ऐरीको धनगढी दुबै टिम जितको खोजिमा छन् ।

पोखरा पल्टन र एक्स्पर्ट धनगढी दुबै टिमको समान ४–४ अंक रहेको छ । तर पोखरा पल्टनले मात्र ३ खेल खेलेको छ भने एक्स्पर्ट धनगढीले ४ खेल खेलेको छ । धनगढीले दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । धनगढीका लागि यो खेल गर या मरको स्थितिमा रहेको छ । आजको खेलमा धनगढीले जिते शीर्ष तीनमा पर्दै प्ले अफमा पुग्ने सम्भावना कायमै रहनेछ । यता, पोखराले धनगढीलाई पराजित गरे प्लेअफमा पुग्ने सम्भावना बलियो रहनेछ ।

त्यस्तै, आज नै बुटवल ब्लास्टर्सले काठमाडौं रोयल्सको सामना गर्दैछ । शीर्ष स्थानमा रहेको बुटवलको पनि यो अन्तिम खेल हो । यसअघि खेलको ४ खेलमध्ये २ खेलमा जित र २ खेलमा हार ब्यहोरेको बुटवलको ४ अंक रहेको छ ।

यता, लिगको चौथौ स्थानमा रहेको काठमाडौंको पनि समान ४ अंक रहेको छ । तर काठमाडौंले ३ खेल मात्रै खेलेको छ । आजको खेलमा बुटवललाई पराजित गर्दै काठमाडौं प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्