एआईजीको सरुवा कार्यान्वयन नगर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौं । केपी ओली सरकारले गरेको अतिरिक्त महानिरीक्षक एआईजीको सरुवा कार्यान्वयन नगर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले सबै एआईजीहरुलाई तत्काल रमाना नलिन मौखिक निर्देशन दिएको छ । बालकृष्ण खाँण गृहमन्त्री बनेको भोलिपल्ट प्रहरी महानिरिक्षक शैलेश थापाले सबै एआईजीलाई फोन गरी रमाना नलिई यथास्थानमा काम गर्न निर्देशन दिएका हुन ।
गत साता ओली सरकारले एआईजीहरुको सरुवा गरेको थियो । नेपाल प्रहरीमा अहिले प्राविधिकसहित ६ जना एआईजी छन् । एआईजीको एउटा दरबन्दी भने दुई साता अघि मात्र थपिएको हो । उक्त दरबन्दीमा सहकुल थापालाई बढुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्