‘भारत’पछि सलमासँग कहिल्यै काम गर्दिनँ : दिशा



बलिउड अभिनेत्री दिशा पाटनी ‘भारत’को प्रोमोसनमा व्यस्त छिन्। फिल्मा उनी सलमानकाे अपाेजिटमा देखिनेछिन्। तर, फिल्म प्रमाेसनमै व्यस्त दिशाले एक अन्तरवार्तामा आफूले भविष्यमा सलमानसँग कहिल्यै पनि का नगर्ने बताएकी छन्।  

मुम्बई मिररसँगको कुराकानीमा दिशाले भनिन्, ‘अली सरले मलाई एक भूमिकाका लागि बोलाए, जो स्पेसल अपियरेन्सका लागि मात्र थिएन। मैले उनलाई सुनेँ। सलमान सरसँग काम गर्ने भनेपछि मैले तत्काल हुन्छ भने। इमानदारीका साथ भन्ने हो भने मैले कहिले पनि सलमान सरसँग काम गर्ने मौका पाउने छैन। यहाँसम्म कि अली सरले पनि मलाई स्क्रिप्ट सुनाउने बेला यस्तै भन्नुभयो।’

यसकाे कारणबारे सोध्दा उनले भनिन्, ‘हामीबीचको उमेर अन्तरका कारण हामी सँगै काम गर्न सक्दैनौं। भारतमा यो स्वीकार्य छ। किनभने सलमान सर यसमा युवकको पनि भूमिका निभाइरहनुभएको छ। त्यसकारण यो ठिक थियो। उहाँ अद्भूत व्यक्ति हुनुहुन्छ। निकै मेहनती पनि। मैले उहाँबाट धेरै कुरा सिक्ने मौका पाएँ । एकातर्फ 'भारत' मेराे लागि विशेष छ। किनभने मैले यस्तो प्रकारको फिल्म गरेकी थिइनँ। त्यसकारण मलाई लाग्छ कि सलमानसँग दोस्रो मौका पाउँदिनँ।’

सलमानसँग कुरा गर्न पाउँदा आफू निकै खुसी भएको दिशा बताउँछिन्। उनी भन्छिन्, ‘मलाई राम्रो लागिरहेको छ कि मानिसहरुले मलाई र सलमानलाई सँगै देख्नेछन्। हामीबीचको केमेस्ट्री गज्जबको छ। मैले कहिले पनि यो सपनामा पनि सोचेको थिइनँ।’

फिल्ममा दिशा र सलमानबाहेक कट्रिना कैफ, ज्याकी श्राफ, सुनील ग्रोवर मुख्य भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस्