‘भारत’ पछि सलमान खानसँग कहिले पनि काम गर्ने छैनन् दिशा पाटनी, यस्तो छ कारण



नायिका दिशा पाटनी फिल्म ‘भारत’ को प्रोमोशनमा व्यस्त छिन् । यो फिल्ममा उनी सलमान खानसँग देखिनेछिन् । एक अन्तरवार्तामा दिशाले आफू भविष्यमा सलमान खानसँग कहिले पनि काम गर्न नसक्ने बताएकी छिन् ।

मुम्बई मिररसँगको कुराकानीमा दिशाले भनिन्, ‘अली सरले मलाई एक भूमिकाका लागि बोलाए, जो स्पेशल अपियरेन्सका लागि मात्र थिएन । मैले उनलाई सुनेँ । सलमान सरसँग काम गर्ने भनेपछि मैले तत्काल हुन्छ भने । इमान्दारीताका साथ भन्ने हो भने मैले कहिले पनि सलमान सरसँग काम गर्ने मौका पाउनेछैन । यहाँसम्म कि अली सरले पनि मलाई स्क्रिप्ट सुनाउने बेला यस्तै भन्नुभयो ।’

यस्तो किन भनेर कारण सोध्दा उनले भनिन्, ‘हामीबीचको उमेर अन्तरका कारण हामी सँगै काम गर्न सक्दैनौं । भारतमा यो स्विकार्य छ किनभने सलमान सर यसमा युवकको पनि भूमिका निभाइरहनुभएको छ । त्यसकारण यो ठिक थियो । उहाँ अद्भूत व्यक्ति हुनुहुन्छ । निकै मेहनती पनि । मैले उहाँबाट धेरै कुरा सिक्ने मौका पाएँ । एकातर्फ भारत मेरा लागि विशेष छ किनभने मैले यस्तो प्रकारको फिल्म गरेकी थिइनँ । त्यसकारण मलाई लाग्छ कि सलमानसँग दोस्रो मौका पाउँदिनँ ।’

सलमानसँग कुरा गर्न पाउँदा आफू निकै खुसी भएको दिशा बताउँछिन् । उनी भन्छिन्, ‘मलाई राम्रो लागिरहेको छ कि मानिसहरुले मलाई र सलमानलाई सँगै देख्नेछन् । हामीबीचको केमेस्ट्री गज्जबको छ । मैले कहिले पनि यो सपनामा पनि सोचेको थिइनँ ।’

फिल्ममा दिशा पाटनी र सलमानबाहेक कट्रिना कैफ, ज्याकी श्रोफ, सुनिल ग्रोवर मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्