स्थानीयस्तरमा पार्टी समायोजन कार्य चाँडै सम्पन्न हुन्छः नेता रावल



अछाम : नेकपा स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुुर रावलले स्थानीय तहमा पार्टीको समायोजनको काम चाँडो सम्पन्न हुने बताएका छन्।

 

नेता रावलले सदरमुकाम म‌ंगलसेनमा अगुवा कार्यकर्ता भेलालाई  सम्बोधन गर्दै पार्टी समायोजनको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न सबै नेता कार्यकर्तालाई निर्देशन दिए। 

 

नेता रावलले कात्तिक महिनाभित्र पार्टीका सम्पूर्ण कमिटीलाई पूर्णता दिने योजना रहेको बताए। जिल्ला कार्यदल र स्थानीय तहमा गठित कार्यदलले मातहतका कमिटी समायोजनका काममा तीव्रता दिइरहेका बेला काममा थप तीव्रता दिन रावलले निर्देशन दिए। 

 

नेता रावलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीको एकीकरण भएपछि पार्टीका गतिविधि अघि बढ्न नसक्दा विपक्षीले विरोध गर्ने मौका पाएको बताए।

 

अब पार्टीले पूर्णता पाएसँगै गाउँगाउँमा गएर सरकारले ल्याएका लोकप्रिय कार्यक्रमबारे जनतालाई जाकारी गराउन नेता कार्यकर्तालाई आग्रह गरे। रासस

 

प्रतिक्रिया दिनुहोस्