नदीले बगाउदा दुई बालिका बेपत्ता



प्यूठान । नदीमा बगेर प्यूठानमा दुई बालिका बेपत्ता भएका छन् । प्युठानको माडी नदीमा बगेर उनिहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैकेका बोमबहादुर थापा मगरका ८ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुम बहादुर थापा मर्साङी मगरका ७ वर्षीया छोरी सर्मिला थापा मगर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

सोमबार अपरान्ह ३ बजे पौडी खेल्नेक्रममा उनीहरु नदीमा बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयका अनुसार उनीहरु दुवैजना बाख्रा चराउन गएका थिए। घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयले जनाएका छन् । बेपत्ता बालिकाहरुको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्