‘सभापतिकाे दाबेदार मै हुँ’



ललितपुर : कांग्रेस महामन्त्री डा‍. शशांक काेइरालाले मंसिर ५ देखि ९ गतेसम्म बस्ने भनिएकाे महासमिति बैठक सर्न सक्ने बताएका छन् ।

 

कांग्रेस केन्द्रीय समितिले अाज गरेकाे चियापान कार्यक्रममा महामन्त्री काेइरालाले बैठक सर्नेमा केही प्राविधिक कारण देखाएका छन् । कार्यक्रममा उनले सञ्चारकर्मीले साेधेका प्रश्नकाे जवाफ दिँदै ३ हप्तासम्म बैठक सर्ने बताए । 

 

उनले भने, 'महासमिति बैठक नहुन्जेल बैठक जसरी चलेकाे छ त्यसरी नै चलिरहने छ ।' उनले सञ्चारकर्मीसामु काेइराला परिवारकाे पार्टीमा ठूलाे त्याग रहेकाले अाफू नै सभापतिकाे दाबेदार भएकाे बताए । 

 

प्रतिक्रिया दिनुहोस्