वीरगञ्जमा ‘कोरा साइकिलिङ’ आयोजना



वीरगञ्ज । वीरगञ्जमा पहिलोपटक ‘कोरा साइकिलिङ’ को आयोजना गरिएको छ । वीरगञ्ज साइक्लिङ क्लब र एनवाइफ वीरगञ्जले संयुक्त रुपमा कोरा साइकिलिङको आयोजना गरेका हुन् ।
बौद्ध र हिन्दु धर्मावलम्बीहरुले घडीको सुल्टो दिशामा आफ्नो धार्मिक स्थलहरुको परिक्रमा लगाउने कार्यलाई कोरा भनिन्छ ।
घण्टाघरबाट मुख्य सडक हुँदै उत्तरतर्फ चिनीमिल आवास क्षेत्रसम्म र पूर्व बाइपास सडक निस्किएर भानुचौक हुँदै दक्षिणमा रजत जयन्ती चोकसम्म कोरा साइकिलिङको आयोजना गरिएको हो ।
साइकिलिङमा प्रदेश ट्राफिक कार्यालय प्रदेश २ का प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठ लगायत ६ जना महिलासहित २५ जना सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्