नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई बेलायत तत्काल छाड्न आदेश



काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई बेलायत तत्काल छाडेन त्यहाँको क्रिकेट बोर्डले निर्देशन दिएको छ । आफ्नो भिसालाई अवैध भन्दै चाँडोभन्दा चाँडो बेलायत छोड्न बोर्डले आदेश दिएको हो ।
बेलायतको क्रिकेट बोर्डले तत्काल देश छाड्न आदेश दिएको सन्दिपले फेसबुकमार्फत् जानकारी दिएका छन् । थुप्रै देशका क्रिकेट लिगहरुमा भाग लिइसकेका सन्दिप ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत गएका थिए । यो प्रतियोगिता अब आफूले गुमाएको उनले जनाएका छन् ।
सन्दिपले भनेका छन्, ‘म जुलाई ९ मा बेलायत पुग्दा अध्यागमनमा कुनै समस्या भएन । त्यसपछि म सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा गएर बसेँ । नियमानुसार क्वारेन्टाइन सकिनुभन्दा दुई दिन अघि मलाई इसीबीले भन्यो कि तिम्रो भिसा बैध छैन र तिमीले चाँडोभन्दा चाँडो देश छोड्नुपर्छ । मैले के समस्या भयो भनि सोध्दा इसीबीले स्पष्ट जवाफ दिएनन् ।’ सन्दिपले आफ्नो भिसा के कारणले अवैध भयो भन्ने विषयमा जवाफ मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्