सप्तकोसीको २९ ढोका खोलियो



धरान । सप्तकोसी नदीमा पानीको बहाब उच्च भएको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोसीमा पानीको बहाब उच्च भएको हो ।
सप्तकोशीमा मंगलबार दिउँसो ४ बजे पानीको बहाब बढेर प्रति सेकेन्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।
सप्तकोसीमा पानीको बहाव उच्च भएपछि ५६ ढोका मध्ये २९ वटा मात्र ढोका खोलिएका छन् । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
सप्तकोशीमा प्रति सेकेन्ड एक लाख ५० क्युसेक पानी नाघेपछि खतरा मानिन्छ । सप्तकोसीमा पानी बढेपछि कोशी आसपासका बासिन्दालाइ सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्