असोजमा निश्चल र स्वस्तिमाको ‘घामड शेरे’



काठमाडौं : हेमराज बिसीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘घामड शेरे’ कोे छायांकन सकिएको छ । झण्डै ३८ दिन लगाएर यो फिल्मको छायांकन सकिएको निर्माण टिमले जानकारी दियो ।

निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्मलाई कमेडी जानरामा निर्माण गरिएको बताइएको छ । सुष्मा निरौला, लोकेन्द्र लेखक लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्मले आउँदो असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।

यो मितिमा दुई नेपाली फिल्म ‘सरौतो’ र ‘लभ डायरिज’ पनि प्रदर्शन हुने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्