सुनको मुल्य आज फेरि घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मुल्य आज पनि घटेको छ । बुधबार ९२ हजार ५०० मा कारोबार भएको सुन आज बिहीबार थप ७०० रुपैयाँले घट्न पुगेको हो । बिहीबार मुल्य घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

तर, यता चाँदीको मूल्य भने गत हप्ता देखिको लगातार गिरावटको क्रम भङ्ग गर्दै बिहीबार प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्