बाठी बन्दा प्रियंकालाई फसाद



कान्स फिल्म फेस्टिभलमा सहभागी हुन जाने क्रममा अभिनेत्री प्रियंका कार्कीले आफू कान्समा सहभागी हुने पहिलो नेपाली भएकोमा गौरवान्वित महसुस भएको दाबी गरिन् । 

विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनेकी थिइन्, ‘नेपालको सहभागिता जनाउँदै कान्समा जाँदै छु, फेस्टिभलमा नेपालको पहिलो सहभागिता हो ।’ तर, मोडल अञ्जली लामाले उनीभन्दा एक वर्षअघि सन् २०१८ मा कान्समा सहभागिता जनाइसकेकी थिइन् । 

यति मात्र होइन, कान्स फेस्टिभलमा प्रियंकाले लगाएको ड्रेस बलिउड अभिनेत्री दीपिका पादुकोणसँग मिलेको मात्र थिएन, उनको फोटो खिच्ने तरिका बलिउडकी अर्की अभिनेत्री प्रियंका चोपडाको हुबहु थियो । अरूको नक्कल गरेका कारण प्रियंका अहिले आलोचित भइरहेकी छिन् ।

कान्समा सहभागिता जनाउने उनी पहिलो नेपाली नभए पनि पहिलो नेपाली हिरोइन भने हुन् । कान्समा सहभागी हुनु त राम्रो कुरा हो, तर बाठो भएर आफैँले आफूलाई पहिलो दाबी गर्नुलाई भने उनको अल्पज्ञानभन्दा फरक नपर्ने देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस्