टोकियो ओलम्पिक: रिचार्लीसनको ह्याट्रिकमा ब्राजिलको जित, अस्ट्रेलियासँग अर्जेन्टिना स्तब्द



एजेन्सी । रिचार्लीसनको ह्याट्रिकको मद्दतले ब्राजिलले जारी टोकियो ओलम्पिक अन्तरगतको पुरुष फुटबलमा पहिलो जित दर्ता गरेका छन्।
निशान स्टेडियम योकोहामामा बिहीबार भएको खेलमा ब्राजिलका यु–२३ टोलीले १० खेलाडीमा सिमित जर्मनीका यु–२३ टोलीलाई ४-२ गोल अन्तरले हराएका छन्।

ब्राजिलका लागि रिचार्लीसनले पहिलो हाफको ३० मिनेटभित्र नै ह्याट्रिक पूरा गरेका छन् । खेलको सातौं मिनेटमा पहिले गोल गरेका रिचार्लीसनले २२ औं र ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे। त्यस्तै पाउलिन्होले अन्तिम समयमा गोल गरेका हुन्।

यता जर्मनीका लागि नाडीम अमिरी र राग्नर एगले एक-एक गोल गरे ।

जितसंगै ब्राजिलले ३ अंक जोडेर समूह ‘डी’को शीर्षस्थानमा रहेको छ । पराजित भएका जर्मनी तेस्रो स्थानमा छ भने ३ अंक जोडेका आइभोरीकोस्ट गोल अन्तरमा दोस्रो तथा साउदी अरेबिया अन्तिममा छ ।

अस्ट्रेलियासँग अर्जेन्टिना स्तब्द

यस्तै बिहिबार नै भएको अर्को खेलमा अर्जेन्टिना पराजित भएका छन्। साप्पोरो डोमीमा भएको खेलमा १० खेलाडीमा सिमित अर्जेन्टिनाले अष्ट्रेलियासँग २–० गोल अन्तरले पराजित भएका छन् ।

अष्ट्रेलियालाई जित दिलाउन लाचलान वालेस र मार्काे टिलियोले एक-एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्