ऋण खोेजेर पनि खोप उपलब्ध गराउँछु : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई ऋण खोजेर भएपनि खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले खोप पहिलो प्राथमिकतामा रहेको बताए । प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि, जति महंगो भए पनि खोप किनेर जनतालाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन पार्टीलाई अनुरोध गरे पनि ह्वीप नलगाएको स्पष्ट पारे ।
‘हामीले ह्वीप लगाएनौं । हामीले अनुरोध मात्र गरेका हौं, एमालेकै पार्टीका नेतालाई पनि अनुरोध गरेका हौँ,’ उनले भने । प्रधानमन्त्री देउवाले संयुक्त सरकारले मिलेर काम गर्ने पनि बताए ।’

प्रतिक्रिया दिनुहोस्