नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ



काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय सञ्चालक श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा राज्यमन्त्रीको शपथ लिएका हुन।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष शपथ लिएका छन। शपथपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै राज्यमन्त्री श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खोप नै पहिलो प्राथमिकता रहेको बताए । प्रधानमन्त्रीको सिफारिशमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्