‘हिमालको काखमा जन्मेको म’ गितकाे म्युजिक भिडियो सार्वजनिक



काठमाडाैं : ‘हिमालको काखमा जन्मेको म’ गीतको भिडियो यूट्युबमार्फत सार्वजनिक भएको छ। गायिका सर्गीम सुनुवार र जमुना सुनुवारको आवाजमा रहेको यस गीतलाइ लिम्दुमी क्रियसनले बजारमा ल्याएकाे हाे।

मिरादेवी राईको शब्द रहेकाे यस गीतमा उत्तम राईकाे संंगीत, राजु कार्कीकाे एरेन्ज, मनोज कार्कीको छायाँकन तथा सम्पादन रहेको छ ।

गीतमा ग्रामीण क्षेत्रमा बाल्यकालमा ब्यक्त गरिएको खुसीको पललाई निकै आकर्षक रुपमा समेटिएको छ। हिमाली परिवेशमा जन्मेको कारणले आफूलाई हिमाली परिवेश नै राम्रो लाग्ने कुरा गीतमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्