मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लमही तुलसीपुर फोरलेन सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागी खनेको खाडलमा परेर मंगलबार विहान एक जनाको मृत्यु भएको हो।

तुलसीपुरबाट बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा टरिगाउँ निवासी ३८ बर्षिय चूडामणि भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । विहान ५ बजे प्रहरीले खबर पाएको र घटनास्थल बाट शवलाई राप्ती प्रादेशीक अस्पतालमा पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्