कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई



काठमाडौं– सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शर्मा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउउने भएपछि शर्मालाई कामुको जिम्मेवारी दिन लागिएको हो।

प्रधानसेनापति अवकाशको एक महिनाअघि बिदा बस्ने परम्परा छ। थापा २४ साउनबाट बिदा बस्ने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस्