टोकियो ओलम्पिक : नेपाली पौडीबाज गौरिकाको प्रतिस्पर्धा आज



काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा बुधबार नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। ओलम्पिक अन्तर्गत बुधबार नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन् । गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन्। यस हिटमा ४ खेलाडी छन्। गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । १३ औं सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छिन् ।

यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन्। एलेक्जेन्डर गाडेगार्ड शाह ९एलेक्स० ले मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन्।

एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए। हिट चरणमा एलेक्सले ५३।४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन्। तर, एलेक्स हिट चरणबाटै बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्