टोकियो ओलम्पिक : आयोजक जापान १० स्वर्णसहित शीर्ष स्थानमा



एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिक जापानमा जारी छ । राजधानी टोकियोमा जारि ओलम्पिकमा मंगलबारसम्म कुल ७२ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ३० राष्ट्रले स्वर्ण पदक जितेका छन् । टोकियो ओलम्पिकको पाँचौ दिन पदक तालिकामा आयोजक जापानले पुन: अग्रता बनाएको छ । अमेरिका र चीनलाई उछिन्दै जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

जापानले १० स्वर्ण पदकसहित कुल १८ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले ९ स्वर्णसहित कुल २५ पदक जितेको छ । चीन ९ स्वर्णसहित कुल २१ पदक जितेर तेस्रो स्थानमा रहेको छ । रसियन ओलम्पिक टिम ७ स्वर्णसहित कुल १८ पदक जितेर चौंथो स्थानमा रहदा ग्रेट ब्रिटेन ४ स्वर्णसहित कुल १३ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै अष्ट्रेलिया र दक्षिण कोरियाले ३र३ स्वर्ण पदक हात पारेका छन् । २ स्वर्ण जित्नेमा क्यानडा, फ्रान्स,जर्मनी र कोसोभो रहेका छन् । मंगलबार नेपालका पौडी खेलाडी एलेक्जेन्डर गाडेगार्ड शाह ९एलेक्स० ले प्रतिस्पर्धा गरेका थिए ।

एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान समेत बनाए । हिट चरणमा एलेक्सले ५३।४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । तर, एलेक्सले सेमिफाइनलमा स्थान बनाउन सकेनन् । उनी हिट चरणबाट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्