राष्ट्रपति भण्डारीले गरिन् पहिलो युद्ध संग्रहालयको उद्घाटन



सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छन् । संग्रहालय उद्घाटनको लागि उनी बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी पुगेकि हुन।

नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा युद्ध संग्रहालय निर्माण गरेको हो । ०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो।

६ करोड ५० लाख रुपैयाँको लागत र करिब डेढ वर्षको अवधिमा निर्माण सम्पन्न भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ । संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्