प्यारालाइसिसले थला परेका केवटलाई नेपाल फर्काइयो



काठमाडौं– प्यारालाइसिस भएर मलेसियामाथला परेका हरिश्चन्द्र केवटलाई सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको पहलमा नेपाल फर्काइएको छ ।

करिव तीन महिनाअघि प्यारालाइसिस भएर थला परेका केबटलाई मलेसियास्थित जनउद्धार केन्द्रले सोमवार नेपाल फर्काइएको हो ।

एक महिनाअघि फोन मार्फत् जनउद्धार केन्द्रलाई खबर आएको भएपनि विभिन्न व्यवस्था मिलाउँदा महिना दिनको समय लागेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताए । जनउद्धार केन्द्रले लगभग ३ हप्ताको अवधिमा मेलेसियास्थित नेपालीदूतावास सँग सहकार्य गरेर उनलाई नेपाल फर्काएको थापाले जानकारी दिए ।

उनले भने , “हामीलाई एक महिनाअघि फोन मार्फत् हरिश्चन्द्र केवटले म बिरामी छु, मलाई घर पठाउनुपर्यो भनरे फोन गर्नुभयो, वहाँलाई फलोअपगर्ने क्रममाहामीले ह्वाट्सअपबाट उहाँको स्थिती बुझेको थियौँ, स्थिती एकदमै नाजुक रहेछ, त्यसपछि नै प्रोसेस चालेकाथियौँ र लगभग ३ हप्तामाहामीले उहाँलाई मेलेसियास्थित नेपालीदूतावास र एम्बेसीसँग सहकार्य गरेर नेपालफर्काउने व्यवस्थागर्यौं ।”

नेपाल फर्काउने क्रममा केवटलाई कम्पनीबाट ६ हजार ३ सय रिंगेट उपलब्ध गराएको समेत थापाले जानकारी दिए । केवटलाई नेपाल फर्काउने क्रममा कम्पनीलाई मार्फत् यो रकम उपलब्ध गराएको र नेपालफर्किने टिकट समेत कम्पनीबाटै दिलाएको उनले बताए ।

उनले भने “नेपालफर्काउनहामीले एम्बेसीसँगहिमालय एयरलाइन्ससँग कोर्डिनेट गरिदिन अनुरोध गरेँ, त्यसपछि उहाँलाई नेपालफर्काउने टिकट र ६ हजार ३ सय रिंगेट कम्पनीलाई चिठी मार्फत् चेतावनीदिँदै कम्पनीबाटै उपलब्ध गरायौँ, उहाँलाई ५ सय रिंगेट मेरो पहलमा जनउद्धार समितिबाट उपलब्ध गराएँ ।”

उनले जनउद्धार केन्द्रले स्थापनाकालदेखि हालसम्म १७ वटा यस्तै प्रकारका केस र जम्मा ३ सय ५० जति मलेसियाबाट नेपाल फर्काएको बताए । सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपालीहरुको मृत्युपछि अस्पतालमा थुप्रिएकाशवहरु नेपाल ल्याइएको थियो । जसमा धेरै लाशहरुको बीचमा ह्वीलचियरमा देखिएका केवटको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्