क्याट्रिना भन्छिन् – ‘नयाँ नयाँ अनुहारसँग फिल्म खेल्न मन छ’



एजेन्सी : क्याट्रिना कैफले हिजाेआज पुरानाभन्दा नयाँ बलिउड अनुहारसँग फिल्म खेल्न मजा आउने गरेकाे बताउन थालेकी छन्।

बलिउडका स्टार तीनै खान अक्षय कुमार, रितिक रोशन जस्ता सुपरस्टारसँग काम गरिसकेकी उनी नयाँ नयाँ कलाकारकाे आँखामा पर्न पनि थालेकी छन्।  उनले रणवीर कपुर र सिद्धार्थ मलहोत्रासँग त फिल्ममा काम गरिसकिन्।

पछिल्लो समय क्याट्रिनाले टाइगर श्राफ र रणवीर सिंहसँग अभिनय गर्ने इच्छा व्यक्त गरेकी छन्। यो कुरा क्याट्रिनाले नेहा धुपियाको च्याट शोको प्रश्नको जवाफमा बताएकी हुन्। क्याट्रिनाले उक्त शोमा आफ्नो जोडी टाइगर र रणवीर दुवैसँग जम्ने उल्लेख गरिन्।

क्याट्रिनाले अगाडि भनिन्, ‘म टाइगरसँग एउटा एक्सन फिल्ममा काम गर्न चाहन्छु।’ उनले टाइगरसँग एक्सनका साथै एक कमेडी फिल्ममा समेत काम गर्ने इच्छा व्यक्त गरिन्।

क्याट्रिना अहिले आफ्नो फिल्म ‘भारत’ रिलिजको प्रतीक्षामा छिन्। यो फिल्म ५ जुनमा रिलिज हुँदैछ। भारतमा क्याट्रिनाले सलमान खानसँग अभिनय गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्