दयाहाङको ‘आप्पा’को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौं : चलचित्र ‘आप्पा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा  बाबु र छोराको सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्र  ‘आप्पा’कोलर रिलिज गरिएको हो । 

दयाहाङ राई, सिद्धार्थराज तामाङ, एलोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् ।

सिक्किम, दार्जिलिङ लगायतका स्थानमा खिचिएको चलचित्रको दृश्य लोभलाग्दो देखिएको छ ।

असारको १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रले  बाबु र छोराको सम्बन्धलाई मन छुने तरिकाले उठाएको वुझ्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्