लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख शेरचनसँग मुख्यमन्त्री पोखरेलबीच भेट



काठमाडौँ : लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शंकर पोखरेलले स्वागत भेट गरेका छन् । शनिबार बिहान मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख शेरचनसँग भेट गरेका हुन् ।

भेटमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश सरकारले गरेका काम र प्रगतिबारे जानकारी गराएका थिए । शुक्रबार शेरचनले पदभार ग्रहण गरेका थिए ।

शुक्रबार नै प्रदेश प्रमुखको कार्यालय पुगेका शेरचनको स्वागतमा प्रदेशका मु्ख्यमन्त्री पोखरेल र मन्त्रीहरु सहभागी भएका थिएनन् । प्रदेश प्रमुखको स्वागतका लागि कुनै मन्त्री प्रदेश प्रमुखको कार्यालय नपुगेको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्