एमाले नेपाल समूहका अखिल फोर्सको वृहत भेला



काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समर्थित विद्यार्थी समूहले गठन गरेको अखिल फोर्सको वृहत भेला राजधानीमा भइरहेको छ ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा भइरहेको भेलामा प्रमुख अतिथिको रुपमा नेता नेपाल सहभागी छन् । भेलालाई नेता नेपालले सम्बोधन गर्दैछन् । नेकपा एमालेमा उत्पन्न परिस्थिति, एकता प्रयास र अखिल फोर्स गठन गर्नुको औचित्यमाथि भेलामा छलफल भइ भावी रणनीतिका बारेमा चर्चा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्