फुटबल खेलाडीलाई १० दिनको विश्राम



काठमाडौं : राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई १० दिनको विश्राम दिइएको छ । आसन्न साफ च्याम्पियनसिप र एसिया कपको अन्तिम छनोटको तयारीमा रहेको राष्ट्रिय टिमलाई १० दिनको बिदा दिईएको हो।

लामो समयदेखि बन्द प्रशिक्षणमा रहेका खेलाडीले परिवारसंग केही समय बस्न अनुरोध गरेपछि खेलाडीलाई विश्राम दिइएको जनाइएको छ। साफ च्याम्पियनसिप समेत केही समय पछि सरेपछि खेलाडीले छुट्टी पाएका छन् । साफको तयारीमा रहेको नेपाललाई मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले प्रशिक्षण दिईरहेका छन् ।

उनले राष्ट्रिय टिममा ३६ खेलाडीलाई राखेर प्रशिक्षण गराईरहेका छन्। मुख्य प्रशिक्षकले वरिष्ठ उपाध्यक्षमाथि आरोप लगाउदै राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा पुगेको थियो ।

घटनाको छानविनका लागि एन्फाले मन्त्रालयलाई आग्रह गरेको छ । करिब १० दिनमा खेलाडीले समेत विश्राम पाउने र छानविन समेत टुङ्गो लाग्ने एन्फाको अपेक्षा छ। छानविनको टुङ्गो नलागेसम्म प्रशिक्षणमा नदेखिने अलमुताइरीले बताएका थिए । तर शनिबार मैत्रीपूर्ण खेलमा भने उनी मैदानमा देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्