कार्यालय परिसरभित्रै सशस्त्र प्रहरी जवान मृत फेला



धनगढी : कैलालीमा कार्यालय परिसरभित्रै सशस्त्र प्रहरीका जवान मृत भेटिएका छन् । बुधबार बिहान धनगढी उपमहानगरपालिका–१ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरमा कार्यरत ३१ वर्षीय हरिषकुमार शाही मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार डडेल्धुराको भागेश्वर गाउँपालिका–१ का शाही धनगढी कार्यालय परिसरमा पानी जमेको स्थानमा मृत भेटिएका थिए ।

शाहीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्