महन्थ ठाकुर समूहको शुक्रबारदेखि देशव्यापी भेला हुँदै



काठमाडौँ : जनता समाजवादी पार्टी (जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर समूहले मुलुकभर अगुवा कार्यकता भेला गर्ने भएको छ । यही शुक्रबादेखि भदौ नौ गते बुधबारसम्म हुने भेलामा सहभागी हुन अध्यक्ष ठाकुरले अपिल जारी गर्दै सबैमा आग्रहसमेत गरेका छन् ।

तालिका अनुसार शुक्रबार सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा भेला हुनेछ । त्यस्तै शनिबार झापा, मोरङ, धनुषा, पर्सा र कैलालीमा, २४ साउनमा सुनसरी, सर्लाही, रौतहट, रुपन्देही, कपिलवस्तु र कञ्चनपुरमा, २५ साउनमा नवलपरासीर बर्दियामा, २६ साउनमा बाँकेमा २७ साउनमा सुदूरपश्चिम प्रदेश अत्तरियामा, ३० साउनमा बागमती प्रदेश काठमाडौँमा कार्यक्रम हुने बताइएको छ ।

त्यस्तै तीन भदौमा इटहरी, ५ भदौमा पोखरा, ७ भदौमा बुटवल र ९ भदौ सुर्खेतमा भेलाको कार्यक्रम गर्ने तालिका सो समूहले सार्वजनिक गरेको छ । जसपा पार्टी विभाजनसम्म भएका क्रियाकलापबारे भेलामार्फत नेता कार्यकर्ता तथा सर्वसाधारणलाई प्रष्ट्याउने कार्यक्रम रहेको छ । सत्ता समीकरणबारे विवाद भएपछि हेड काउन्टका आधारमा निर्वाचन आयोगले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएपछि ठाकुर समूहले देशव्यापी कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्