अफगानिस्तान: तालिबान को हुन्, उनीहरुको इतिहास के हो र उनीहरु देशको लागी के चाहन्छन्?



काठमाडौँ: तालिबान लडाकु समूहले अफगानिस्तान नियन्त्रणमा लिएपछि गत आइतबार अर्थात  अगष्ट १५ का दिन अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छोडेका थिए। अफगानिस्तानबाट भागेपछि राष्ट्रपति गनीले देशमा रक्तपात रोक्नका लागि आफूले यस्तो कदम उठाएको प्रतिक्रिया दिएका छन्। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिबानले अफगानिस्तान कब्जा गरेपछि  पूर्वराष्ट्रपति हमिद कारजाइको अगुवाईमा तालिबानी नेतालाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न लागिएको  खबर आएको  छ।  यसैबीच समन्वयात्मक परिषद्का सदस्यहरु र  तालिवानका नेताहरुबीच आज कतारको दोहामा भेटवार्ताको तयारी भएको छ ।

 दिनभर तालिबान र अफगानिस्तानको खबर देख्दै , पढ्दै र सुन्दै  आएपछि तपाइँको दिमागमा  यस्तो प्रश्न आउन सक्छ कि यो तालिबान भनेको  के हो? येदि तपाईलाई तालिबानको  को हो र यसको उद्देश्य के हो भन्ने बारेमा जान्ने इक्षा छ भने यो समाचार पढ्नुहोस् :

तालिबान शब्दको अर्थ

सबै भन्दा पहिले  “तालिबान” शब्दको  अर्थ  बुझौ। तालिबान एक पास्तो भाषा हो। पास्तो  भाषामा ‘विद्यार्थी’ लाई तालिबान भनिन्छ।

तालिबानको उदय  कसरी भयो?

१९८० को दशकमा, जब सोभियत संघले अफगानिस्तानमा सेना खडा गर्‍यो,  अमेरिकाले स्थानीय मुजाहिद्दिन  समूहलाई हतियार र तालिम प्रदान गरी  सोभियत संघसँग  लड्न उक्साएका  थिए।  नतिजाको रूपमा सोभियत संघले  हार स्वीकार्दै आफ्नो सेना फिर्ता  गरे।  तर यसैबीच  एक कट्टरपन्थी आतंकवादी संगठनको जन्म भयो, जसको  नाम राखियो—तालिवान। 

तालिबानले अफगानिस्तान-पाकिस्तान सीमा स्थित  फैलिएको पास्तुन क्षेत्रबाट इश्लामिक अर्थात् ‘शारिया’ कानुनअनुसार सत्ता सञ्चालन गरि  भ्रष्टाचार र अराजकता अन्त्य गर्ने वाचा  दिएर आफ्नो यात्राको प्रारम्भ गरे।  तालिबानले  सन् १९९०  दशकको प्रारम्भमा दक्षिण पश्चिमी क्षेत्रबाट द्रुत गतिमा आफ्नो प्रभाव बढाउँदै लग्यो।  इरानको सीमासँग जोडिएको हेरात प्रान्तमा कब्जा जमाए र त्यसको एक वर्षपछि मुजाहिद्दिन समूहका संस्थापक एवं राष्ट्रपति बुह्रानुद्दिन रब्बानीको सरकारलाई निर्वासित गर्दै अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमायो र त्यसपछि सन् २००१ सम्म सत्तामा रहे।।  १९९८ सम्ममा लगभग सम्पूर्ण अफगानिस्तान तालिबानद्वारा शासित  भएको थियो।

सत्तामा आएपछि शारिया कानुन लागू गरे जसअनुरुप   संगीत, टिभी र सिनेमा प्रतिबन्धित थिए साथै सबै पुरुषलाई दाह्री पाल्न र महिलालाई बुर्का लगाउन अनिवार्य गरेका थिए।

तर ११ सेप्टेम्बर २००१ न्यूयोर्कको ‘वर्ल्ड ट्रेड सेन्टर’ मा हमला पछि  आक्रमणका मुख्य योजनाकार मानिएका ओसामा बिन लादेन र अल कायदा का महत्वपूर्ण व्यक्तिहरुलाई आश्रय दिए पछि, अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले  अक्टोबर २००१ मा आक्रमण गरे पछि तालिबान पतन भएको थियो। सत्ताबाट निष्कासित भए पनि तालिबानले पश्चिमी समर्थित सरकार र  अमेरिकी नेतृत्वको सेनाको बिरुद्धमा छापामार युद्ध जारी राखी रहेए।

ब्राउन युनिभर्सिटीअन्तर्गतको वाट्सन इन्स्टिच्युटले निकालेको ‘कस्ट अफ वार प्रोजेक्ट’ को तथ्यांकअनुसार अमेरिकाले २० वर्षअघि सुरू गरेको युद्धमा २ लाखएक चालिस हजारले जीवन गुमाए, त्यसमा अठहत्तर हजार ३ सय १४ अफगान सैनिक, चौरासी हजार १ सय एकानब्बे तालिवान लडाकु, एकहत्तर  हजार ३ सय चवालिस सर्वसाधारण र २ हजार ४ सय बयालिस अमेरिकी छन् ।

https://fb.watch/7st0H8UGbw/

तालिवानले पैसा कसरी  कमाउँछ?

तालिबानसँग पैसाको कुनै कमी छैन। प्रत्येक वर्ष एक अरब डलर भन्दा बढी कमाई छ  तालिबानको । एक अनुमानको अनुसार, उनले २०१९-२० मा १.6 बिलियन डलर कमाएका थिए । तालिबान को आयको मुख्य स्रोतहरु निम्नानुसार छन्:

लागूऔष: $ ४१६  मिलियन प्रति वर्ष

उत्खनन: $ ४६४  मिलियन गत वर्ष

अपहरण:  १६०  मिलियन डलर

चन्दा  : $ २४०  मिलियन २०२०  मा

निर्यात: $ २४०  मिलियन प्रत्येक वर्ष

अचल सम्पत्ति: $ ८०  मिलियन प्रति वर्ष

मित्र रास्ट्रबाट सहायता: रुस, ईरान, पाकिस्तान र साउदी अरबजस्ता देशहरुबाट १००  मिलियन डलरदेखि  ५०० मिलियन डलर को सहायता

तालिबानले  कसरी यति छिटो कब्जा जबायो ?

सन् २०१४ देखि अमेरिकाले अफगानिस्तानमा आफ्नो  सेनाको संख्या घटाउँदै आएका छन् । यसैबीच तालिबानले आफ्नो पकड बलियो बनाउन जारी राखेको छ। यस वर्षको अप्रिलमा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने बताएको थियो। त्यसयता तालिबानले ती क्षेत्रहरु कब्जा गरेको छ जहाँ उनीहरु बर्षौसम्म शासन गरेका थिएन। लगभग हरेक राज्यको राजधानी तालिबान द्वारा शासित छ। माथिको ग्राफिक्स मा तपाइँ देख्न सक्नुहुन्छ जहाँ तालिबान पछिल्लो १० दिनहरुमा कब्जा गरीएको छ।

(एजेन्सीको सहयोगमा )

प्रतिक्रिया दिनुहोस्