चुनावमा कांग्रेसले कम्युनिष्टको बैशाखी टेके तेस्रो पनि हुँदैन : उपसभापति गुरुङ



काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन् । स्याङ्जा कांग्रेसको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा बोल्दै उपसभापति गुरुङले चुनावमा कांग्रेसलाई अन्य कुनै दलको बैशाखी आवस्यक नपर्ने भन्दै एक्लैले नै बहुमत ल्याउन सक्ने बताएका छन् ।

तर कम्युनिष्टसंग गठबन्धन गरेमा भने तेस्रो हुन पनि गार्‍हो हुनसक्ने बताएका छन् । गुरुङले गठबन्धन सरकार आन्दोलनको ‘बाइप्रडक्ट’ मात्रै रहेको भन्दै चुनावमा गठबन्धन जरुरी नरहेको बताएका छन् । कांग्रेसको दुबै खुट्टा बलियो रहेकाले बैशाखी आवस्यक नपर्ने गुरुङको भनाई छ ।

साथै उनले कांग्रेसको विधानले रुख बाहेकमा अन्य चिन्हलाई मत दिए तत्कालै कारबाही गर्ने व्यवस्था रहेको भन्दै कांग्रेसलाई रुखमा बाहेक अन्यमा भोट दिने छुट नभएको समेत बताएका छन् ।

गुरुङले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा ठूला भ्रष्टाचार र अनियमितताको छानबिन गर्ने उल्लेख भएको स्मरण गराउँदै भ्रष्टाचारका फाइल खोज्न सरकार डराउन नहुने भन्दै नेताको नाम जोडिएका सबै भ्रष्टाचार मुद्दाको निष्पक्ष छानिबन गर्ने हिम्मत देखाउन देउवालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्