एमाले डोटी जिल्ला अध्यक्षमा मल्ल विजयी



डोटी : नेकपा (एमाले) डोटीको जिल्ला अध्यक्षमा चक्रबहादुर मल्ल विजयी भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका मल्ल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

यसैगरी, उपाध्यक्षमा मञ्जु मलासी, सचिवमा शेरबहादुर मल्ल, उपसचिवमा कृष्णबहादुर खडका र तेजबहादुर डुम्रेलले जिम्मेवारी प्राप्त गरेको एमालेले जनाएको छ । अधिवेशनमा मूल आयोजक कमिटीका १४८ तथा यहाँका नौवटै वडाबाट छनोट गरिएका ३८६ र मनोनीत २७ जना गरी कुल ४१३ प्रतिनिधि सहभागी थिए । अधिवेशनका लागि जिल्लाका नौवटै पालिकाबाट अधिकांश प्रतिनिधि सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्