सगरमाथाको फोहर काठमाडौंमा



काठमाडौं : सगरमाथा सफाईका क्रममा  संकलन भएको १ हजार किलो फोहोर काठमाडौं ल्याइएको छ । सगरमाथा क्षेत्रबाट नसड्ने फोहोर काठमाडौं ल्याइएको पर्यटन विभागले जानकारी दिएको छ ।  सगरमाथा क्षेत्रको क्याम्प २र ३ बाट सबैभन्दा धेरै फोहोर निकालिएको विभागले जनाएको छ  ।

चार हजार किलो मानव मलमुत्र र २१ सय ६८ किलो टिनजन्य फोहोर जम्मा भएको नेपाल पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। विभागका अनुसार सड्ने फोहोरलाई सगरमाथा क्षेत्रमै व्यवस्थापन गरिएको छ । नगल्ने र पुनः प्रयोग गर्न मिल्ने अक्सिजन सिलिन्डर र टिनका बोत्तल जस्ता फोहोर काठमाडौं ल्याइएको हो ।

वैशाख १ गतेबाट शुरु भएको सरसफाइ अभियानमा खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्