नेपालमा आज एकैदिन ५ हजार बढी कोरोना संक्रमित, ३ को मृत्यु



काठमाडौँ : नेपालमा आज कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा आज एकैदिन ५ हजार वढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ५ हजार ८७ जना संक्रमित थपिएका हुन् । देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४ हजार २ सय ४ र एन्टिजेनबाट ८ सय  ८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ सय ६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन जना संक्रमितको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या बढेर १८ हजार २३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्