नम्रताको ‘जाइरा’ टिजर आउट



काठमाडौं : नम्रता श्रेष्ठ र अनुपविक्रम शाही स्टारर फिल्म ‘जाइरा’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नम्रता श्रेष्ठलाई एक्सन अवतारमा उभ्याइएको छ ।

आउँदो भदौ ६ गतेलाई प्रदर्शन मिति तोकेको यो फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा नायिका नम्रता श्रेष्ठलाई मार्शल आर्ट खेलाडीको भूमिकामा देख्न सकिन्छ । यस्तै चलचित्रमा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय छ ।

निर्देशक श्रेष्ठले निरोज महर्जनसँग मिलेर पटकथा तयार पारेको यो चलचित्रमा लोकेश बज्राचार्यले सम्पादन, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत छ । यस्तै फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ । फिल्मलाई एक मार्सल आर्टिस्टको बदलाको कथामा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्