मन्त्री पण्डित र लोकसेवा आयोग प्रमुख मैनालीविरुद्ध बुधबार पनि जनकपुरमा प्रदर्शन



जनकपुरधाम : लोकसेवा आयोगले मधेशी जनताको अधिकार विपरीत विज्ञापन गरेको भन्दै प्रदेश सरकारका प्रमुखदेखि विद्यार्थीसम्मले विरोध जनाएका छन्। संविधानमा उल्लेख भए अनुसारको आरक्षणसहित लोकसेवा आयोगले मधेशीको अधिकार विपरीत विज्ञापन गरेको भन्दै उनीहरूले विरोध गरेका हुन्।

यसै क्रममा राष्ट्रि«य विद्यार्थी संघ जिल्ला कार्य समिति धनुषाले लोकसेवा आयोगविरुद्ध विरोध प्रदर्शन गरेका छन्। संघका अध्यक्ष एवं राजपाका अध्यक्ष मण्डलका जिल्ला सदस्य ज्ञानेन्द्र झाको नेतृत्वमा जनकपुरको रमानन्द चोकबाट निस्केको विरोध जुलुस नगरका विभिन्न भागको  परिक्रमा गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

युवा विद्यार्थीहरूले जनकपुरमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको  विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले मंगलबार पनि विरोध प्रदर्शन गर्दै मन्त्री लालबाबु पण्डितको पुत्ला जलाएका थिए।  

लोकसेवा आयोगले विज्ञापन समावेशी सिद्धान्त विपरीत र त्रुटिपूर्ण निकालेको भन्दै जनकपुर एक्सन फोर्स र लाईन्स युथ क्लबका युवाहरुले संयुक्त रुपमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको विरोध गरेका हुन्। लोकसेवा आयोगको विज्ञापन समावेशी सिद्धान्त अनुसार नसच्याए कडा संघर्ष गर्ने समेत झाले चेतावनी दिए। 

प्रतिक्रिया दिनुहोस्