स्वास्थ्यमन्त्री खतिवडा भन्छन् : स्थानीय चुनावको मिति छिट्टै टुङ्गो लाग्छ



काठमाडौँ :  स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्थानीय तह चुनावको मिति छिट्टै टुंगो लाग्ने बताएका छन् । समाजवादी प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री खतिवडाले अब बस्ने मन्त्री परिषद बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति घोषणा गर्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ताारुढ दल स्थानीय चुनावबाट भागेको आरोप लगाईरहँदा मन्त्री खतिवडाले यही साताभित्रै चुनावको मिति टुंगो लाग्ने बताएका हुन् । साथै फरक प्रसंगमा मन्त्री खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई सावधान भएको बताएका छन् ।

साथै मन्त्री खतिवडाले खोप लगाउन सोचे अनुसार नागरिकहरू नआएपछि सातै प्रदेशमा खोप अभियान सञ्चालन गरेको बताएका छन् । खोपका लागि गाउँ टोलमा टोली खटिने पनि उनको भनाई छ । कोरोना रोकथामका लागि सरकारले पर्याप्त पूर्वतयारी गरेको बताउँदै स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाको खोप लगाउन नागरिकलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्