‘भारत’लाई बुधबार ल्याउँदा ‘जात्रै जात्रा’को शो घट्यो, निर्देशक-निर्माताले पोखे आक्रोश 



काठमाडौं : अदालत मै पुगेर भएपनि वितरकले बलिउड चलचित्र 'भारत' लाई नेपालमा बुधबार कै शो दिलाएका छन् ।  

कानुनी प्रक्रिया अनुसार वितरकले जिते र बलिउड चलचित्रले नेपालमा बुधबार नै रिलिजको अवसर पायो । तर, यसो गर्दा वितरकले नैतिता र नेपाली चलचित्रकर्मीले दिँदै आएको सम्मानलाई विर्सिए ।

मंगलबारसम्म क्यूएफएक्समा १२ शोज पाएको नेपाली चलचित्र 'जात्रै जात्रा' बुधबार ६ शोजमा खुम्चिन पुग्यो । ६ शोज मात्र पाएपनि चलचित्र 'जात्रै जात्रा' हाउसफूल भएर दर्शकले टिकट पाउन सकेनन् । 

बलिउड चलचित्र 'भारत'ले गर्दा 'जात्रै जात्रा'को शोज घटेपछि चलचित्रका निर्माता रविन्द्र सिंह बाँनिया र निर्देशक प्रदिप भट्टराइले आक्रोश पोख्दै स्टाटस लेखे । जसमा उनीहरुले लेखेका छन्–‘आफ्नो व्यापार व्यवसाय हो । आफू खुशी गर्न पाइएला । तर, व्यवसायिक धर्म भन्ने पनि त हुन्छ होला । हामी जती डिजर्भ गर्छौ, त्यती मागेका हौं । नेपाली चलचित्रमा आफ्नो योगदानको बखान गरेर नथाक्नेहरुको मेरा भारत महान भनेको पनि देखिया । हल आफ्नो हुनेहरुले आफ्नो चलचित्रका लागि मनखुशी शो राखेर पनि दर्शकको मन खुश नहुदा कुन हालत भयो, देखेकै हो । हल कब्जा गरेर एक दिन होला, तर हल कब्जा त दर्शकले गर्नुपर्ने हो । मेरिट अनुसार पाउनुपर्ने शो नपाएपनि हामीले पाउनुपर्ने भन्दा धेरै माया दर्शकबाट पाएका छौँ ।’

‘भारत’ले नेपालमा वुधबार बिदाको दिनमा राम्रो कमाई गर्यो । तर, ‘जात्रै जात्रा’ले पनि पाएको शोजमा सबै हाउसफूल भयो ।

‘भारत’लाई बलिउडका केही समिक्षकले राम्रो प्रतिक्रिया दिएपनि दर्शक समिक्षा भने चित्तबुज्दो छैन् । यसको असर, नेपाली बक्स अफिसमा बिहिबारबाट नै देखिन थालेको छ । बिहिबार ‘भारत र जात्रै जात्रा’को अकुपेन्सी हेर्दा ‘जात्रै जात्रा’को माथि देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्