इटहरीका मेयरलाई कार्बाही होस् : सांसद परियार



काठमाडौं : पत्रकारको नाकको हड्डी भाच्ने भन्दै अभिव्यक्ति दिने इटहरीका मेयरको अभिव्यक्ति आपतीजनक भएको भन्दै उनीमाथि तत्काल कार्वाही गर्न कांग्रेस सांसदले माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद सुजाता परियारले इटहरीको मेयरलाई कार्बाहीको माग गरेकी छिन् ।

बैठकमा परियारले ‘इटहरीका प्रमुखको हर्कत के हो ?’ भन्दै प्रश्न उठाएकी हुन् । इटहरीका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्ने सार्वजनिक चेतावनी दिएका थिए । उनले न्यूज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रममा समेत पत्रकारलाई लखेट्ने धम्की दिएका थिए ।

‘दशौं करोडौं खर्च गरेर पनि सिध्याउँछु भन्नु कुन लोकतान्त्रिक विधिभित्र पर्दछ । लोकतान्त्रिक विधि र पद्धति समाप्त भएकै हो त’, कांग्रेस सांसद परियारले भनिन्, ‘अन्यथा राज्य छ भने तत्काल कार्बाही गरेर राज्य भएको अनुभूति दिलाउन सभामुखमार्फत् आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्